दमक,२७ चैत । झापाको गौरादह नगरपालिका -५ स्कूलचौन वजारस्थित स्कूलचौन माध्यमिक विद्यालयका २०४९ का एसएलसी व्याच समूहले नयाँ वर्ष -२०८० सालको उपलक्ष्यमा यहि बैशाख १ गते पूर्नमिलनसहित शिक्षक सम्मान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
नयाँ वर्षको पहिलोदिन समूहले स्कूलमा पूर्व विद्यार्थीहरुवीच पूर्नमिलन तथा त्यहाँका पूराना ४० जना बढी शिक्षकहरुलाई सम्मान गरिने कार्यक्रम रहेको समूहका संयोजक छत्र सुब्बा फूरुम्बोले बताए ।
अन्तराष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष समेत रहेका सुब्बाको संयोजकत्वमा समकालीन पूर्व विद्यार्थीहरु सम्मलित एक तयारी समिति गठन गरिएको छ ।
संयोजक सुब्बाका अनुसार करिव १५ वर्ष पछि २०४९ का एसएलसीका पूर्व विद्यार्थीहरुको अगुवाईमा आफू अध्ययन गरेको विद्यालयमा यस किसिमको भव्य कार्यक्रमको तय गरिएको हो । कार्यक्रम सम्पन्न गर्न स्वदेश तथा विदेशमा बस्दैआएका पूर्व विद्यार्थीहरुले स्वेच्छिक सहयोग जुटाएर कार्यक्रम आयोजना गरिएको उनले जनाएका छन् । उनले भने,–‘ नजिकिएको पूर्नमिलनसहित शिक्षक सम्मानको सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेका छौ ’
कार्यक्रम सम्पन्न गर्न करिव ३ लाख बढी खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि देश तथा विदेशमा बस्दैआएका साथीहरुले सहयोग प्राप्त भईरहेको संयोजक सुब्बाले बताए ।