गौरादह नगरपालिकामा शिक्षा र खेलकुद समिति गठन

गौरादह, २० चैत । गौरादह नगरपालिकाले दुई वटा बिषयगत समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर खेलकुद परिषद र शिक्षा समिति गठन गरेको हो । खेलकुद परिषदको संयोजकमा गौरादह २ का निवर्तमान वडा अध्यक्ष हेमन्त कार्की र निर्मल बाँस्तोला सदस्य सचिव रहने गरि समिति गठन गरिएको हो । नगरको खेलकुद विकास ऐन २०७९ बमोजिम सदस्यहरुमा मनिषा भारती, मानबहादुर कार्की, नेत्रपति पोखरेल, तिलक भुजेल, विदुर सुवेदी र ज्ञानेन्द्र लोहनी रहेका छन् ।
यस्तै नगर शिक्षा समितिमा सदस्यहरु मनोनित गरिएको छ ।

नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार नगर शिक्षा ऐन २०७९ अनुसार ४ जना सदस्य मनोनित गरिएको छ । शिक्षा समिति सदस्यमा कार्यपालिका सदस्य कृत्यानन्द राजंवशी, गौरादह ८ की नगर सभा सदस्य दुखवती सरवरिया, शिक्षासेवी मध्येबाट जनता माविका पूर्व प्रध्यानाध्यापक बुद्धिमान कार्की र भिमा उप्रेतीलाई मनोनित गरिएको छ । ऐनमा भएको व्यवस्था अनुसार शिक्षा समितिको संयोजकमा नगर प्रमुख रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.