गौरादहका अटो तथा इ-रिक्सा चालकहरु संगठित

दमक,१९ चैत । नेपाल यातायात मजदुर संघमा आवद्ध गौरादहका अटो,टेम्पो तथा इ-रिक्सा चालकहरु संगठित भएका छन् ।गौरादहमा आयोजित नेपाल अटो टेम्पो तथा इ-रिक्सा चालक संघ गौरादह नगर समितिको हालै सम्पन्न प्रथम अधिबेशनले नरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा नरबहादुर भुजेल,सचिवमा राजेन्द्र थापा,सहसचिवमा हरि रञ्जितकार,कोषाध्यक्षमा मोहन दनुवार चुनिएका छन् । यसैगरि, सदस्यहरुमा बालकुमार श्रेष्ठ,रामबहादुर फूयल,तेजबहादुर कटुवाल, दिलु मगर, गोकुल बाँस्तोला र रमेश भण्डारी चुनिएका छन् ।
नरबहादुर थापाको अध्यक्षता तथा अन्तराष्ट्रिय झापाली समाजका पूर्व केन्द्रीय अध्यक्ष छत्र सुब्बा फुरुम्बोको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा नेपाली कांग्रेसका गौरादह नगर सभापति तथा गौरादह २ का वडाअध्यक्ष गोपाल कोइराला, नेपाल यातायात मजदुर संघ झापाका वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, महाधिबेशन प्रतिनिधि सिताराम भटटराई, कांग्रेस गौरादह २ का सभापति गोपाल बराल, हङकङ बस्दैआएकी सामाजिक व्यक्तित्व रुपा राई,निरन राई,गोपाल कार्की लगायत मजदुरहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.