जनविश्वास शाकोसद्धारा रक्तदान,२२ पिन्ट रगत संकलन

दमक,१९ चैत । दमक -९ प्रधान टोलस्थित जनविश्वास बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा २२ पिन्ट रगत संकलन भएको छ ।संस्थाले आफनो १५ औ स्थापना दिवसका अवसर पारेर आइतवार स्थानीय गुम्बा परिषरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहकारीका अध्यक्ष मीना श्रेष्ठ,उपाध्यक्ष सुर्यवहादुर श्रेष्ठ, व्यवस्थापक अशोक श्रेष्ठ, सदस्य रन्जना बस्नेत, अम्बिका श्रेष्ठ ,सोभित ताम्राकार, शेयर सदस्यहरु रमिता श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ , सन्तोष महर्जन ,सिता श्रेष्ठ लगायत गरि २२ जनाले रगतदान गरेका थिए ।
दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराईको प्रमुख आतिथ्यता तथा रेडक्रस दमक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख सिद्धार्थ दाहालको विशिष्ट आतिथ्यतामा भएको रक्तदानमा सहभागि रक्तदाताहरुलाई मायाको चिनो स्वरुप फूलको विरुवा समेत प्रदान गरिएको थियो ।
क्लव हिमालयन टाइगरद्धारा २० पिन्ट रगत
क्लव हिमालय टाइगरले धरानमा आयोजना गरेको रक्तदानमामा २० पिन्ट रगत संकलन भएको छ । शनिवार धरानमा आयोजना गरिएको रक्तदानमा क्लवका पदाधिकारी,सदस्यहरु गरि २० जनाले रगतदान गरेको क्लबका सल्लाहकार एवम सो कार्यक्रमका संयोजक गणेश प्रधानले बताए । रक्तदान कार्यक्रम पश्चात क्लबका सदस्यहरुले धरानका मेयर हर्क साम्पाङ राईको श्रमदान सहभागिता जनाएका थिए ।
स्वर्गिक मार्ग संघको रक्तदानमा ४४ पिन्ट रगत
यसैगरि, स्वर्गिक मार्ग संघ नेपाल झापा शाखाले पाडाजुंगीस्थित आफनो कार्यालयमा शुक्रवार आयोजना गरेको रक्तदानमा ४४ पिन्ट रगत संकलन भएको छ । आफना गुरु गडएन्जलको शुभजन्मोत्सवका अवसर पारेर आयोजना गरिएको रक्तदानमा आयोजक संस्थाका धर्मनुरागीहरुले रगतदान गरेका थिए । ती सवै रक्तदानमा दमकस्थित नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.