दमक,३० फागुन । दमक -२ स्थित हिमालय माध्यमिक विद्यालयले आजआयोजना गरेको हिमावि आइडल -२०७९ विदिता लामिछानेले जितेकी छन् । विद्यालयले पहिलो पटक आयोजना गरेको हिमावि आइडल प्रतियोगितामा आफना प्रतियोगिहरुलाई उछिन्दै विदिताले उपाधि हात पारेकी हुन् ।
विद्यालयले नृत्य र गायन प्रतियोगिताको हिमावि आइडलको फाइनलकालागि तीन चरणमा प्रतिभा छानेको थियो । सो प्रतियोगिताको नृत्य तर्फ कक्षा सातमा अध्ययनरत छात्रा विदिता प्रथम हुँदै हिमावि आइडल जित्न सफल भएकी हुन् । यसैगरि कक्षा ८ की मञ्जिला ढुंगाना दोस्रो भएकी छन् भने कक्षा १० की एन्जिला गुरागाई र कक्षा १० की दिक्षा विक तेस्रो भएकी छन् ।
यसैगरी नृत्यकै जुनियर तर्फ कक्षा ५ की यमना विक प्रथम भएकी छन् भने कक्षा २ की साधना भट्टराई दोस्रो र कक्षा २ की आस्था राई तृतीय भएकी छन् ।
गायनतर्फ कक्षा नौ कि सिर्जना सिटौला प्रथम भएकी छन् भने कक्षा ८ की नेहा खड्का र कक्षा १० का सन्तोष चौहानले सान्तवना पाएका छन् । हिमावि आइडल विजेतालाई छात्रवृतिसहित शिल्ड, प्रमाणपत्र, र नगद पुरस्कार प्रदान गरिएको विद्यालयका शिक्षक वीरवहादुर लावतीले जानकारी दिए ।
दमक वडा नं. २ का वडाअध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतित्थ्यतामा भएको फाइनल प्रतियोगिताको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दोर्ण श्रेष्ठले गरेका थिए । सोहि अवसरमा विद्यालयले एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गरेको छ ।