दमक,११ माघ । दमक ६ स्थित फर्निचर लाइनमा रहेको पपुलर मोवाईल जोनले विश्ववजारमा लोकप्रिय मानिएको हनर ब्राण्डको मोवाईल विक्री शुरु गरेको छ ।हनर मोवाइलको आधिकारिक विक्रेता उक्त जोनले आजदेखि हनर मोवाईलको विक्री वितरण शुरु गरिएको सञ्चालक हरि उप्रेतीले बताए । उक्त मोवाईलको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाई लगायतले विधिवत उद्घाटन गरे ।
मोवाईल लन्चिङ्ग संक्षिप्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, पूर्वअध्यक्ष प्रसाई, कम्पन्नीका प्रतिनिधि रमेश आचार्य , दमक मोवाईल व्यवसायी संघका अध्यक्ष भेनस श्रेष्ठ लगायतले अन्य मोवाईलका तुलनामा हनर आर्कषकसहित किफायती भएको औल्याएका थिए ।
सञ्चालक उप्रेतीका अनुसार हनर एक्स सिक्स, सेभेनदेखि हनर एक्स सेभेन्टीसम्मका मोवाईल उपलव्ध छन् । यी मोवाईलको मोडल अनुसार १८ हजार ४ सय ९० देखि ६९ हजार ९ सय सम्म रुपैया वजार मूल्य छन् । उक्त लन्चिङ्ग कार्यक्रममा मोवाईल व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।