दमक,९ माघ । दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा मुकेश अग्रवाल चुनिएका छन् । आज सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी बर्ष २००० का अध्यक्ष शुरेस अग्रवालका जेठो छोरा हुन् । दमक जेसीजको इतिहासमा बाबु छोरा यसरी नेतृत्वमा पुग्ने अग्रवाल परिवार नै पहिला हुन् ।
सर्वसम्मत निर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्धयमा सहदेव भट्टराई,राजेन्द्र बिमली, उपाध्यक्षहरुमा राहुल साह,योगेश गौतम, सरोज ढकाल,विनोद भट्टराई,जनसमपर्क अधिकारीमा रुवल अधिकारी ,तालिम निर्देशकमा साजन श्रेष्ठ चुनिएका छन् ।
दमक जेसीज अध्यक्षमा चार जनाको उम्मेदवारी परेको र ककस कार्यक्रममार्फत उम्मेदवारहरुवीच सहमति जुटेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कमल कटुवालले बताए । उनका अनुसार अव अध्यक्षले विधानत महासचिव, सचिव,कोषाध्यक्ष ,कानुनी सल्लाहकार,प्रकरण निर्देशक,शाखा सम्पादकसहितका पदहरुमा मनोनित गर्ने छन् ।