दमकमा रोटरीको स्थापना दिवसमा रक्तदान

दमक , १४ मंसिर । रोटरी क्लव अफ दमकले आफनो १२ औ स्थापना दिवसका अवसर पारेर बुधबार दमक चौंकमा आयोजित खुल्ला रक्तदानमा ६२ पिन्ट रगत संकलन भएको छ ।
स्थानीय वरपिपल चौंकमा आयोजित रक्तदानमा क्लवका अध्यक्ष पशुपति बराल, पूर्व अध्यक्ष सन्दिप चापागाईसहित रोटरीका सदस्यहरु तथा सर्वसाधारणहरुले रक्तदान गरेको कार्यक्रम संयोजक सन्दिप साहेवालाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान सम्पन्न गर्न एक्सल बिकास बैकले सहयोग पुरयाँएको थियो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराईको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.