मोरङ,१२ मंसिर । घरायसी विवादका हुदाँ मोरङको जहदामा पत्नीले पतिको हत्या गरेकी छन् ।जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।उनले दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन ।
पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलगन दवानीदेवीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । गत शनिबार राति सवा ११ बजेतिर धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई फेला पारेको थियो ।
गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको मा उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।