ललितपुर- २ मा एमालेका महर्जन निर्वाचित

काठमाडौँ ,५ मंसिर । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन् । उनले १९ हजार ८३४ मत ल्याई निर्वाचित भएका हुन् ।
उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५३९ मतसहित चौथो स्थानमा रहेका छन् । यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

Leave a Reply

Your email address will not be published.