दमक,४ मंसिर । झापा क्षेत्र न.५ मा ६६ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रेम नेउपानेका अनुसार झापा ५ मा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा ६६ दशमलव २० प्रतिशत अर्थात १ लाख २ हजार १ सय ५० मत खसेको छ । सो क्षेत्रमा महिला ५३,६३३ र पुरुष ४८,५१७ गरि १ लाख २ हजार १५० जनाले आफनो मताधिकार प्रयोग गरेका थिए ।
झापा ५ मा ६१ मतदान स्थलमा १७६ मतदान केन्द्र रहेका छन् । झापा ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी सहित २५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।
अहिले निर्वाचन अधिकृतको कार्यालय रहेको दमक नगरपालिकामा मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेका अनुसार अहिले दमक नगरपालिकामा मत पेटिका संकलनको काम भइरहेको छ । आजै साँझ ९ बजे मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । सर्वलीय बैठकपछि मतगणना आजै सुरु हुने काफ्लेले जानकारी दिए ।