तेह्रथुम ४ मंसिर। मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको तेह्रथुमको लालीगुराँसमा मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन।