झापा, ४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरमा मतदान गरेका छन् । झापा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ स्थित मेचीनगर ९ मा रहेको कविशिरोमणी मावि केन्द्रबाट मतदान गरेका हुन्।शर्माले बिहान ९ : १० बजे मतदान गरेका थिए। मतदान गरेपछि शर्माले गठवन्धनले जित्नेमा ढुक्क रहेको बताए ।