मामाको हत्या गरेको आरोपमा पक्राउ

उर्लावारी , २८ कात्तिक । आफ्नै मामाको हत्या गरेको आरोपमा उर्लाबारी एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा न. ८ बस्ने २२ वर्षीय सुजन पाँचकोटी रहेका छन् । उर्लावारी ८ स्थित कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा न. १ बस्ने ४२ वर्षीय काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । दाउ प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.