पथरीशनिश्चरे । सर्पको डसाइबाट मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक जना युवाको मृत्यु भएको छ ।आइतबार बेलुकी २७ वर्षका गणेश गजमेरको सर्पले टोकेर मृत्यु भएको हो । मृतक गजमेरले नजिकैको मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले डसेको पत्ता भएको थियो ।
उनलाई उपचारका लागि दमकस्थित सर्पदंश उपचार केन्द्रमा लादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।