काँकडभिट्टा ,२७ कार्तिक । साइकलबाट लडेर झापाको मेचीनगरमा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हो ।
मेचीनगर ३ र ५ को सिमानामा पर्ने घैलाडुब्बा पुलबाट लडेर साइकल चालक पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साइकलयात्री पोखरेलको राति नै मृत्यु भएको र आज बिहान देखेर स्थानीयले प्रहरीलाई खबर गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले बताए ।