दमक,३ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा नेपाली जनताले हिजो देखेका बिकासका सपना आज बिपनामा परिणत भएको बताएका छन् ।
आफनो निर्वाचन क्षेत्रको दमक ३ आम चौक र कमल गाउँपालिका वडा न. ३ को केर्खामा आज आयोजना गरिएको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दे झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उम्मेदवार ओलीले एमालेको नेतृत्वमा भएको सरकारले तीन बर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउँसम्म प्रमाणित भएको टिप्पणी गरे ।
ओलीले भने , –‘त्यति वेला यो ठाउमा पक्की पुल सडक निर्माण हाम्रो पालमा हुन्छ र भनेर सपना देखेका जनताकालागि अहिले बिकास बिपना जस्तै भएको छ ।’ इच्छाशक्ति र अठोट भए देशको विकास गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको उनको भनाई थियो ।
एमाले बिचार नीति र कार्यक्रम प्रष्ट भएको पार्टी भएको भन्दैं उनले अव स्थिर र विकासका लागि फेरि एमालेलाई जनताले सरकार निर्माण गर्ने जनादेश दिने उल्लेख गरे । आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढंगले देशमा विकासको लहर र तरंग सृजना गरेको उनले बताए ।
एमालेको उद्देश्य देश बनाउने भन्दै उनले हिमाल,चट्टान,हिमताल, नदीनाला, बोटबिरुवा, जडिबुटी सबै थोक भएको देश नेपाललाई बनाउने अभियानमा एमाले दृढ रहेको बताए । तीन दिने चुनावी कार्यक्रममा सहभागि हुन झापा आएका ओली आजै अपरान्ह्र काठमाण्डौ फर्किएका छन् । …….