युवालाई जिताउनु पर्छ : उम्मेदवार सेढाई

दमक, २ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं ५ बाट नेपाली काँग्रेस वीपी पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका शेखर सेढाईले युवालाई नेतृत्वमा स्थापित नगरेसम्म देश अगाडी वढ्न नसक्ने दावी गरेका छन् ।
सञ्चारकर्मी समेत रहेका उम्मेदवार सेढाईले आफू समग्र युवाहरुको अभिमतका लागि उम्मेदवारी दिएको बताए । बुडापाकाहरुले देशलाई परिवर्तन गर्न नसक्ने भन्दै उनले अव देशलाई विकास र समृद्धिमा अगाडी बढाउन युवालाई जिताउनु पर्ने औल्याए । युवाले नेतृत्व नगरेसम्म परिवर्तन संभव नभएको उनको ठहर छ ।कांग्रेसले वीपीको विचारलाई लत्याएको आरोप लगाउदै उनले अव विपीको सच्चा कार्यकर्ताहरु वीपी कांग्रेसमा विस्तारै संगठीत हुने दावी गरे ।
चुनावी प्रचारका क्रममा पुग्दा जनताले परिवर्तन चाहेको बताउदै उनले अव यो निर्वाचनले परिवर्तन चाहनेको जित हुनु पर्ने बताए ।वीपी कांग्रेस निकट प्रजातान्त्रिक पत्रकार संघका केन्द्रीय संयोजक समेत रहेका सेढाई जनआन्दोलनका क्रममा शसक्त भूमिका निर्वाह गरिआएका थिए । त्यसवेला हातखुटटा भाचिएर घाईते समेत थिए । झापाली पत्रकारितामा क्रियाशील सेढाईले आसन्न निर्वाचनमा अत्यन्त विवेक पुरयाँउन आग्रह गरे ।

 

 

Leave a Reply

Your email address will not be published.