गगन पुरीविरुद्धको मुद्दा सर्वोच्चद्वारा खारेज

दमक ,३० असोज । नेकपा माओवादी केन्द्रको तर्फबाट झापा ५ (ख ) का प्रदेशसभा सदस्यका उम्मेदवार गगन पुरीविरुद्धको मुद्दा खारेज भएको छ । सर्वोच्चका अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट निवेदन खारेज गरेको हो ।

अधिबक्ता आचार्यको रिट निवेदनमा पुरीसहित सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै गरेका थिए ।
यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क ) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख ) का माओवादी उम्मेदवार रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.