दमक,२३ असोज । सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले झापा क्षेत्र न. ५ को संघीय तथा प्रदेशसभा सदस्यमा आफना उम्मेदवारी दर्ता गराएका छन् ।
संघीय संसदका लागि नेपाली कांग्रेसका तर्फबाट बौद्धिक व्यक्तित्व डाक्टर खगेन्द्र पाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाडका क्रममा झापा–५ को संघीय सिट कांग्रेसले पाएको थियो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यसपटक फेरि कांग्रेस उम्मेदवार अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धन अघि एमालेका उम्मेदवारले मनोनयन गरेका थिए ।
गठबन्धनवीच सहमति अनुसार झापा ५ को प्रदेश (क) तर्फ कांग्रेसकै युवा नेता जीवन राई र प्रदेश ( ख) तर्फ माओवादी केन्द्रका युवा नेता रेवतराज पुरी (गगन ) ले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि गठबन्धनका उम्मेदवारहरुले तीनै क्षेत्रमा आफनो जित शुनिश्चित भएको जोड दिएका थिए ।

