प्रेस युनियन झापाद्धारा सम्मान, मिडिया बिधेयक पुनर्लेखनका लागि माग

बिर्तामोड २ असोज । नेपाल प्रेस युनियन झापाले युनियनका केन्द्रीय अध्यक्षसहित झापाबाट युनियन, वान तथा प्रेस क्लबमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
युनियनको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष शिव लम्साल, उपमहासचिव युवराज गौतम, सचिव रेजिना गौतम, सदस्य शुशिला संग्रौला, स्वतन्त्र रेडियो प्रशारक संघ प्रदेश १ का संयोजक गिरीराज भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई स्वागत सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोविन्दचन्द्र क्षेत्रीसहित अतिथिहरुले खादा माला र अविर लगाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लम्सालले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा कसैसंग पनि सम्झौता नहुने बताउनु भयो। कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले पत्रकारको पेशागत हकहित र अधिकारका लागि प्रेस युनियन सदैव अग्रमोर्चामा उभिने प्रतिवद्धता व्यक्त गरे ।
सरकारले संसदमा पेश गरेको मिडिया बिधेयकका विषयमा संसोधनका लागि प्रेस युनियनले लिखित सुझाव दिएपनि त्यसउपर कुनै निर्णय नभई संसदको अवधी सकिएकाले मिडिया बिधेयक अब पुनर्लेखन गरेर ल्याउन युनियनले माग गर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि छेत्री, उपमहासचिव गौतम, सचिव गौतम, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी लगायतले मन्तव्य राखेका थिए । युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन जोस्ना श्रेष्ठले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.