कमल, २ असोज । कमल- ५ पाडाजुंगीस्थित चौकस्थित लगनशील कृषि सहकारी संस्थाले आज आयोजना गरेको रक्तदानमा ४७ पिन्ट रगत संकलन भएको छ । संस्थाले आफनो १५ औं बार्षिक साधारणसभा अवसर पारेर आयोजना गरेको रक्तदानमा वडाध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष एलवी विष्ट , उपाध्यक्ष गोविन्द खनाल लगायत सञ्चालक, कर्मचारी ,शेयर सदस्यहरुले रगतदान गरेका थिए । संस्थाले बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बर्सेनी रक्तदान कार्यक्रमको आयोजना गरिआएको सहकारीले जनाएको छ । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको उपाध्यक्ष भिमप्रसाद सिटौलाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका सभापति चन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा संस्थाका सञ्चालकहरु ,सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । रक्तदान रेडक्रस सोसाईटी दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । उपाध्यक्ष खनालका अनुसार यहि भदौ ६ गते औपचारिक रुपमा साधारणसभाका कार्यक्रम आयोजना हुने छन् ।