चुलाचुली रंगमञ्चको साधारणसभा , अध्यक्षमा पुनःआङ्थुपो

चुलाचुली,२५ भदौं । इलामको चुलाचुलीस्थित चुलाचुली रंगमञ्चले आफ्नो ९औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।विश्व व्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी भन्ने मुख्य नारा रहेको संस्था २०६९ सालदेखि औपचारिक रुपमा रंगमञ्चीय यात्रा सुरुवात भएको हो ।

संस्थाको आगामी योजना र बिगतका गतिविधिहरुलाई संस्थाको अध्यक्ष चेतन आङ्थुपोद्धारा प्रस्तुत गरिएको थियो । जसमा रंगमञ्चको प्रमुख योजनाको रुपमा रहेको नाट्य घर निर्माण कार्य लगभग आगामी २ बर्षमा सक्ने उल्लेख गरिएको छ ।

संस्थाको नयाँ समितिमा पुनः आङ्थुपोको अध्यक्षता ७ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । जस अन्तर्गत उपाध्यक्षमा शिखर बिश्वकर्मा,सचिबमा सन्तोष गिरी,सहसचिबमा पुजन बस्नेत,कोषाध्यक्षमा रमिला राई र मुख्य सदस्यहरुमा सबिरन राई,कुशुम लिम्बू लगायत रहेका छन् ।कार्यक्रममा शिक्षासेवी युवराज गजमेर,समाजसेवी जनक महरा,ब्यबसायी निशेष राई,शिव तुम्रोक लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभा संगै संस्थाको साप्ताहिक कार्यक्रम अन्तर्गत मञ्च आइडिया सेयरिङ कार्यक्रम भित्र रहेर सहभागिहरुले आफ्नो बिचारहरु आदानप्रदान गरेका थिए ।संस्थाको संस्थापक अध्यक्ष चेतन आङ्थुपोको अध्यक्षतामा भएको कार्यक्रममा शिखर बिश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिब सन्तोष गिरीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.