मुख्यमन्त्री राईलाई मातृशोक

दमक,२० भदौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको आज सोमबार बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको बिहान १०ः२५ बजे निधन भएको हो । उनी पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । पछिल्लो समय स्वासप्रस्वासमा समस्या देखिएपछि सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।
राईका श्रीमन नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माइला छोरा ध्यानकुमार राई कान्छा छोरा मुख्यमन्त्री राई छन् भने एक छोरी मालादेवी राई छिन् ।
भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी बस्दै आएकी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अघि उपचारका लागि हेलिकप्टर चार्टर गरेर विराटनगर ल्याइएको थियो ।
सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि सोमबार नै भोजपुर लगिने छ ।
यसअघि प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले फेसबुकमार्फत मृख्यमन्त्री राईलाई मातृशोक परेको बारे सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published.