दमक,१८ भदौं । दमक –८ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले शनिवार पाचौ साधारणसभाका अवसर पारेर ज्येष्ठहरुलाई सम्मान गरेको छ । स्थानीय एभरेष्ट बोडिङ्ग स्कुलमा एक कार्यक्रम गरि प्रतिष्ठानले ८० बर्ष माथिका जेष्ठ बुबाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गणेश प्रसाद न्यौपाने, तारानिधि मिश्र, होमनाथ सुवेदी, भक्ति प्रसाद प्रसाईं ,तारानिधि सापकोटा, लिलानाथ आर्चाय र लिलाधर अर्याल रहेका छन् ।
सम्मानित हुने बुबाहरुलाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सीताराम खतिवडा, दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल ( दिपेश ) , प्रतिष्ठानका दमक ८ का अध्यक्ष ओमप्रसाद खनालले सम्मान पत्र प्रदान गर्नुको साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा तुलसी बहुमुखी सहकारी संस्था लिमीटेडले सम्मानित जेष्ठ बुवाहरुलाई छाता बितरण गर्नुका साथै सहभागिहरुलाई समेत फलफुल बितरण गरेको थियो । साथै उक्त कार्यक्रमा प्रतिष्ठानको आजिवन सदस्यता लिने सदस्यहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
प्रतिष्ठानका सचिव तारानाथ भट्टराईले गरेको सो कार्यक्रममा प्रतिष्ठानका केन्दीय उपाध्यक्ष डोयना दाहाल,केन्दीय समितिका पदाधिकारीहरु देव प्रसाद सुवेदी,सुरेश पौडेल, शुशीला गौतम,प्रतिष्ठानका नगर अध्यक्ष अमृत बिष्ट लगायत प्रतिष्ठानका आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।