दमक,२६ साउन । सडक निर्माणका क्रममा खानेपानीको पाइप फूटेपछि कमल गाउँपालिका ५मंगलवारे वजारका सर्वसाधारणले तीनदिनदेखि पिउने पानी पाएका छैनन् ।धारामा पानी नआएपछि त्यहाँका करिव सय बढी उपभोक्ताहरु स्वच्छ पानी पिउनबाट बन्चित हुन पुगेकाछन् ।
स्थानीय सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बेले धाराकै भरमा पानीको जोहो गरिआएकाहरुका धारामा दुई दिन वित्दा समेत पानी नआएको गुनासो सुनाईएपनि सम्बन्धित पक्ष बेखबर हुनु दुखद भएको औल्याए । उनले भने , –‘ धाराधनीले पानी महषुल बुझाएका छन् , तर पाइप फूटाएको विषयले पानी नियमित उपलव्ध गराउन नसक्नु खानेपानी समितिको जवाफदेहिता देखिन्न ।’
तीन दिन वित्दा पनि उपभोक्तालाई पानी वितरण गर्ने तर्फ चासो नदिदाँ उपभोक्ता आन्दोलित हुन बाँध्य हुने उनले चेतावनी दिए ।
लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भने पानी अवरुद्ध भएको विषयका बारे सार्वजनिक रुपमा उपभोक्तालाई अहिलेसम्म जानकारी समेत दिएका छैन् ।मंगलवारे वजारका युवा जयकुमार गरागाईले अन्य कुनै उपाय निकालेर आफना उपभोक्तालाई छिटोभन्दा छिटो पानी नियमित सुचारु गर्न तर्फ खानेपानी समितिका ध्यान जानु पर्ने बताँउछन् । पानी अवरुद्ध भएपछि त्यस क्षेत्रका बासिन्दाले खर्चिलो जारको पानी आयात गरि खानुपर्ने अवस्था आएको उनले गुनासो पोखे ।
पाडाजुंगी –गौरीगन्ज सडक विस्तारका क्रममा छ । सडक स्तरन्नतिकाको लागि निर्माण पक्षले नाला खन्ने क्रममा मंगलवारे वजार प्रवेश स्थानको सडकमा रहेको खानेपानी पाइप फूटाइदिएको थियो । त्यसपछि त्यस क्षेत्रमा पानी रोकिन पुगेको थियो । खानेपानीको पहुँचपुगेसंगै त्यहाँका सर्वसाधारण धाराको पानीमा निर्भर छन् । पानीको विकल्पका स्रोत टयूवेल पनि कसैको छैन् ।
यता उपभोक्ता समिति र निर्माण पक्षले भने फूटेको पाइप मर्मत सम्भार गर्न खासै तत्परता देखाएका छैनन् । उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डाी, पालिका अध्यक्ष हुकुमसिंह राईसहितको टोलीले क्षतिग्रस्त स्थानको अवलोकन गरेका थिए । खानेपानीले निर्माण पक्षको लार्पावाहीका कारण पाइप फुटेको भएपनि त्यस कम्पन्नीले मर्मत गर्न नसक्ने वताउदैआएपछि समस्या आएको बताउँछिन् ।
उपभोक्ता समिति र सडक निर्माण कम्पन्नीको दाहोरो हानथापले गर्दा मंगलवारे वजार क्षेत्रका बासिन्दाहरुले चर्को रुपमा पानीको समस्या झेल्नुपरेको छ । खानेपानी पीडितहरु भन्छन् , –‘ धारामा पानी नआउदाँ हामी प्रत्यक्ष प्रभावित छौ, हामीलाई पानी उपलव्ध गराउने काम उपभोक्ता समितिको हो,हामी त्यति जान्दछौ ’