
केर्खा,४ असार । नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसर पारेर झापाको कमलस्थित केर्खामा शनिवार आयोजित खुला रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको छ ।
नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ७ महिलासहित ३२ जनाले रगतदान गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आतिथ्यतामा भएको रक्तदान उद्घाटनमा नेपाल स्काउट तदर्थ समिति प्रदेश नम्वर १ मा संयोजक रवि खनाल लगायतका वक्ताहरुले मानवीय र परोपकारी क्षेत्रमा स्काउटको भूमिका रहिआएको चर्चा गरेका थिए । ७० वर्ष अघि स्काउट स्थापना भएपनि स्थानीय तहमा भने अहिलेसम्म स्थापना हुन सकेको छैन् । स्काउटको संरचना अनुसार स्थानीय तहका प्रमुख संरक्षक र उपप्रमुख वा उपाध्यक्ष गाउँ स्तर स्काउट प्रमुख हुने व्यवस्था छ ।नेपाल स्काउट तदर्थ समिति कमलका संयोजक माया शिवाकोटीको अध्यक्षता तथा कार्यक्रमको सञ्चालन सदस्य मनोज गुरुङ्गले गरेका थिए ।