रेल दुर्घटनामा परी मेचीनगरका युवकको मृत्यु

झापा , ३ असार । रेल दुर्घटनामा परी पूर्वी भारतीय सिमा पानीटंयाकीमा एक जना नेपाली युवकको मृत्यु भएको छ ।पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी मेचीनगर नगरपालिका– ६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।
बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रस गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ । विहारबाट सिलिगुडीतर्फ गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको होे । घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.