
दमक,२९ जेठ । सक्रिय पत्रकारको सझा संस्था सक्रिय पत्रकार सञ्जाल, दमक झापाले संस्था दर्ता प्रक्रिया अघि बढाउने भएको छ । सञ्जालको आइतबार बसेको पहिलो बैठकले सचिव चिरञ्जीवी घिमिरेको विधान मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको छ ।
विधान मस्यौदालाई अनुमोदन गरेसँगै दर्ता प्रक्रिया अघि बढाएको सञ्जालका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए । जिल्ला प्रशासनमा संस्था दर्ताका लागि अध्यक्ष भट्टराई र सचिव घिमिरेलाई अख्तियारी दिने निर्णय भएको छ ।
यस्तै, सञ्जालले कार्यालय सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । दमक–८ मा कार्यालय सञ्चालन हुने सञ्जालका कोषाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । असार १ गते कार्यालय उद्घाटन गर्ने तयारी रहेको उनले बताए । बैठकले माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई सञ्जालमा आबद्ध हुन पनि आह्वान गर्ने निर्णय गरेको जनाइएको छ ।