
दमक,२२ जेठ । नेकपा एमाले दमक १० का पाँच जना कार्यकर्ताले एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिवार एक कार्यक्रम गरि उनीहरु निस्वार्थ रुपले कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष देवीप्रसाद दाहाल, कांग्रेस प्रदेश ( क ) का उपसभापति हरि अधिकारी ,नेविसंघ दमक नगर सभापति विशाल अधिकारी लगायतले अविर र खादासहित स्वागत गरेका थिए ।
नेविसंघका जिल्ला सदस्य नवराज न्यौपानेका अनुसार यसरी पार्टी प्रवेश गर्नेहरुमा हर्कवहादुर कार्की, तिलरुपा कार्की।,पवन पौडेल, तुलसी खरेल र राप्रपका पुष्कर लुईटेल रहेका छन् । वडामा धेरैवर्ष पछि कांग्रेसले वडा जिते पछि वडामा कांग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्दैआएको छ ।