अग्रज पत्रकार क्षेत्रीसहित १२ जना सम्मानित


बिर्तामोड,२१ जेठ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई पत्रकारसहित १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभा, पुरस्कार वितरण, सम्मान तथा शुभकामना कार्यक्रममा पत्रकार गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठलाई यूनियनमा स्थापना गरिएको हो भने गत बैशशख ३० गते सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले दाताहरुलाई समेत सामूहिक रुपमा सम्मान गरिएको नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीले बताईन् ।
प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द्र छेत्री, तथा उनीहरुकी छोरी ज्वाईँ टीकादेवी–कृष्णकुमार संग्रौलाले प्रेस युनियनमा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैवर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।
त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरी लगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष अञ्जु थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार संग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, यूनियनको सम्पन्न बन्द सत्रले संस्थाको सांगठानिक तथा कोषाध्यक्ष ओमप्रकाश भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । बन्द सत्रको सञ्चालन अध्यक्ष मण्डलका सदस्य राजेन्द्र गौतमले सञ्चालन गरे भने टिप्पणी प्रस्तुत ज्ञानेन्द्र निरौलाले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुशिला संग्रौला, प्रेस चौतारी झापा अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका प्रदेश संयोजक तीर्थ सिग्देल, आदिबासी÷जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका सुब्बा, नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्यहरु विष्णु सुब्बा, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, लगायतको उपस्थिति रहेको थियो ।

स्वतन्त्र पत्रकार ढकाल पुरस्कृत

गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट झापा,बिर्तामोडका पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् ।पूर्वाञ्चल दैनिकको अनलाइन विभागका समाचार संयोजकका रुपमा कार्यरत ढकाललाई स्वतन्त्र पत्रकार महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा उक्त पुरस्कार प्रदान गरेको हो । स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका पुरस्कृत ढकाललाई गौडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सम्मानपत्र प्रदान गर्दै पुरस्कारको ११ हजार नगदराशी प्रदान गरेका थिए ।
उनीसंगै उदघोष दैनिकका प्रधान सम्पादक तथा स्वतन्त्र पत्रकार संघका सल्लाहकार मोहन भण्डारीलाई २५ हजार रुपैयाँ पुरस्कार राशीको सामाजिक विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भण्डारी बिराटनगरमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.