
दमक,१९ जेठ । दमकका शैक्षिक युवा व्यक्तित्व सन्तोष दाहालको निधन भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याव्सन ) दमक नगरका उपाध्यक्ष तथा दमक ६ स्थित सदा शिक्षा निकेतनका प्रिन्सीपल समेत रहेका ४० बर्षिय दाहालको असमायिक निधन भएको हो । उहाँलाई हृदयाघात भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई अचानक हृदयाघात भएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा आज विहान निधन भएको बुझिएको छ ।
काभ्रे पनौती घर भएका उनी लामो समयदेखि दमकको शैक्षिक तथा सामाजिक क्षेत्रमा कृयाशील रहेका थिए । यसैवीच , मृतक दाहालको शव आज पाँच वजे .तिर झापाको कन्काई नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।