
कमल, १९ जेठ । राप्रपा कमल गाउँ समितिले स्थानीय जनसरोकारका बिषयलाई लिएर पालिकाको ध्यानाकर्षण गराएको छ । राप्रपाका कमलका अध्यक्ष युवराज खड्कासहितका पार्टी , कार्यकर्ताहरुको उपस्थितिमा पार्टीले कमल ५ मा अवस्थित आदिवासी रंगशलाको निर्माण,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जासहित शिक्षा,स्वास्थ्य, सडक लगायतका जनसरोकारका विभिन्न माग समेटेर पालिका अध्यक्ष हुकुमसिंह राईलाई ज्ञापन पत्र बुझाईएको पार्टीले जनाएको छ ।
१३ बुँदे माग पत्रमा राप्रपाले कमल ५ कै साधुहोली सिमसार क्षेत्रको काम कछुवा गतीमा भएको हुनाले काममा तत्काल दुर्त गतिमा काम गराउन , जनता आबास कार्यक्रमका घर निर्माणको त्तत्काल विवाद समाधान गरी घर निर्माणको काम अगाडि बढाउन उल्लेख छ ।
यसैगरि पालिकामार्फत वितरण हुदैआएको कृषि अनुदानको नाममा भएको अनियमितता छानबीन गर्न समिति गठन गरी तत्काल छानबीन गर्न , किसानलाई दिइने अनुदान बिना भेदभाव बास्तबिक किसान लाई राहत तथा सहयोग पुरयाँउन भनिएको छ । यसैगरि कमल ३ को प्रहरी चौकी ,वार्ड नं २ को स्वास्थ चौकी र वार्ड नं ६ को पोखरीको जग्गा र वार्ड नं २ कमलेश्वरी सहकारी समेतको जग्गा समस्या आजसम्म समाधान नभएकाले तत्काल समाधान गर्न पनि मागपत्रमा जनाईएको छ ।
त्यसैगरि, आर्थिक बर्ष २०७९–०८० को बजेट निर्माण गर्दा महिला बालबालिका , जेष्ठ नागरिक,अपांगता भएका नागरिक र किसानका लागि तत्कालै प्रत्यक्ष लाभ हुने योजना बनाउन तथा तोपगाछी स्वास्थ्य चौकीको जमिनमा नै अस्पताल बनाउने काम गर्न पनि पार्टीले माग उठाएको छ ।यस्तै, कमल गाउँ पालिका कृषि शाखाबाट तयार हुने गरेको जैबिक मलको उत्पादन क्षमता बृद्धि गरी सबै किसानलाई सुलभ बितरणको ब्यबस्था गर्न , बालमैत्री गाउँ पालिका घोषित गर्नु अगाबै असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनयापनको लागि बाल पुर्नस्थापना केन्द्रको ब्यबस्था गर्न तथा ( गाउँपालिकाले सवै खालेमा योजना बनाउने तर कार्यान्वयन गर्ने काममा भने टोल बिकास समितिलाई अवमूल्यन गरिदैआएकाले साझा लक्ष्य प्राप्तिका लागि टोल समितिलाई थप सक्रिय बनाउन माग गरिएको छ ।
यस्तै, राप्रपाले मानब बिकासको प्रमुख आधार शिक्षा र स्वास्थ्य मा जनताको पँहुच हुनु हो भन्दै हाल पालिका भरिका धेरै बिध्यालयहरुमा भवनको अभाव ,जिर्ण अबस्थामा झ्याल , ढोका र छानो रहेका हुनाले आबश्यक बजेटको ब्यबस्था गर्न काम गर्न आग्रह गरिएको छ । बिध्यालयहरुले भौतिक निर्माण र अंग्रेजी भाषाको नाममा लिदै आएको शुल्क खारेज गरी कक्षा १० सम्मको बिध्यालय शिक्षा निःशुल्क गर्न भनेको छ । साथै राप्रपाले खुद्रा किराना पसल, चिया नस्ता पसल, पान पसल, घुम्ती पसल , साना फलफुल पसलमा लगाउदै आएको ब्यबसाय दस्तुरलाई ५० प्रतिशत छुट गरी सबैलाई दर्ताको दायरा मा ल्याउने काम गर्नुपर्ने, कमल गाउँपालिकामा सञ्चालित बिशेष नापी (जग्गा दर्ता : हालसाबिक ) गर्ने कामबाट जनतालाई सहज भन्दा झन्झटिलो भइरहेकाले दर्ता प्रकृया चुस्त दुरुस्त बताएका छन् ।