
दमक, १३ जेठ । आज शुक्रवार दमकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको ३१ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ३३ जनाले रगतदान गरेको यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।
स्थानीय गणतन्त्रचौंकमा आयोजना गरिएको रक्तदानमा यूनियनका अध्यक्ष सुब्बासहित नेपाल विद्यार्थी संघ दमक नगर सभापति बिशाल अधिकारी, नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष गान्धी भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, नेपाल यातायात मजदुर संघ हलुका विारी चालक समितिका अध्यक्ष तुलसी प्रसाद दाहाल, अग्रज रक्तदाता ओमप्रकाश गौतम, सञ्चारकर्मीहरु नगेन्द्रमणी न्यौपाने, बिष्णु पौडेल, जीवन चुडाल ,रोममणी लामिछाने, सुजन केसी, बिष्णुभक्त लामिछाने लगायतले रगतदान गरेका थिए । रक्तदाता मध्ये अग्रज ओमप्रकाश गौतमले आज गरि ४२ औ पटक रगत दिएका छन् भने रक्तदाता प्रेस चौतारीका जिल्ला सदस्य जीवन र सुजन भने दम्पत्ती हुन् । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताए ।
द्यमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगीना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा भएको रक्तदान शुभारम्भ कार्यक्रममा उपप्रमुख भटटराई, प्रेस चौतारी १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थानीय तहको निर्वाचन लगायतको चुनावी गतिविधिका कारण रक्तदान प्रभावित भई कतिपय अस्पतालमा विरामीलाई रगत पाउन बाट समस्या हुदैआएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको
अध्यक्ष सुब्बाले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । यूनियनको माइपश्चिम क्षेत्रीय समितिले पेशागत बृद्धिबिकास संगै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरु समेत सञ्चालन गरिआएको छ ।


बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री
नेपाल प्रेस यूनियन झापाले वडा नं–६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रम युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीको प्रमुख आतिथ्यतामा तथा युनियन झापा जिल्ला अध्यक्ष ईन्दु पुर्वेलीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा युनियनका केन्द्रीय पार्षद यज्ञ पाठक, रेजिना गौतम ,कोषाध्यक्ष ओमप्रकाश भट्टराई, जिल्ला सदस्य रणदेव हजाम ,शेखर सेढाई, जोस्ना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु उक्त केन्द्रमा संरक्षित छन् । आबासीय रुपमा रहेका १० बढी बालबालिकालाई सोही केन्द्रमा शिक्षक ब्यवस्थापन गरेर अध्यापन गराइदै आएको छ ।