कलाकार दयाहाङद्धारा ग्यारेज क्याफेको उद्घाटन

दमक, २ जेठ । दमक -६ थानारोडमा सञ्चालित ग्यारेज क्याफेको औपचारिक रुपमा उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच क्याफेको चर्चित कलाकार दयाहाङ राईले उद्घाटन गरे । उद्घाटनका क्रममा उनले छुट्टै विशेषता रहेको ग्यारेज क्याफेले ग्राहकको मन जित्ने भन्दै व्यवसायिक सफलताको शुभकामना दिए ।
त्यस्तै, कलाकार समेत रहेका कवि उपेन्द्र आङदेम्बेले पनि क्याफेको वजार दिनानुदिन बढ्दै गएको र त्यस्ता क्याफेले नयाँ पन दिन सक्नु पर्ने सुझाए ।
उक्त क्याफे झापा,दुधे निवासी लाकु राईले केहि महिना अघिदेखि सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार कलात्मक सजिसजावट संगै फरक संरचना ग्यारेज क्याफे बनाउन करिव एक बर्ष समय लागेको थियो । लामो समय खाडी मुलुक गएको र छुटी आएका बखत कोभिड महामारीका समयमा क्याफे उद्यमको शुरुवात गरेको उनले सुनाए । क्याफेमा ५० लाख बढी लगानी गरिसकेका र अहिले दश जनाले रोजगारी समेत पाएको उनले बताए । उनले भने, –‘ यस क्याफेमा पारिवारिक वातावरणमा कफिसहित स्वच्छ खानपीनको सेवा दिन प्रतिवद्ध छौं । ’
छोटो समयमा नै यस क्याफेप्रति ग्राहकको माया पाएको बताउदै युवा उद्यमी राईले अव दमक बाहिर काठमाण्डौसम्म आफनो सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् ।
क्याफे उद्घाटनमा कवडी ४ की नायिका विपुना मगर,विजय बराल लगायतका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.