कमलमा राई पालिका अध्यक्षका उम्मेदवार

दमक,५ बैशाख । झापा,कमल गाउँपालिका -५ निवासी नेपाली कांग्रेसका युवा नेता हुकुमसिंह राई पालिका अध्यक्षका उम्मेदवार हुने भएका छन् । पार्टी गाउँपालिकाको आज सम्पन्न बैठकले राईको उम्मेदवारीलाई एकल रुपले सर्वसम्मत सिफारिस गरेको हो । जिल्लामा नै पहिलोपटक कमल कांग्रेसले अध्यक्ष पदमा यसरी एकल नाम सिफारिस गर्न सकेको हो ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हालकी पालिका अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत ल्याई गोलाप्रथाबाट बाहिरीएका थिए । उनी कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य समेत हुन् ।
लामोसमयदेखि कमलको राजनीति तथा सामाजिक क्षेत्रमा कृयाशील राईको फेरि अध्यक्ष पदमा उम्मेदवारी सिफारिस भएपछि पार्टी भित्र थप उत्साह आएको छ । यस निर्णयसंगै पाँचदलीय गठबन्धनबाट राई उम्मेदवार बन्ने बाटो खुलेको हो । गठबन्धनका साझा उम्मेदवार भएका उनीसंगै कमलका ७ वटै वडामा पनि दलीय भागबण्डा गरि टुंगोमा पुगेको बताईएको छ । कांग्रेसले अध्यक्ष र अन्य दुई वडा , माओवादी केन्द्रले उपाध्यक्षसहित थप दुई वडा ,राप्रपा, नेकपा एकीकृत समाजवादी र संघीय लिम्बूवान पार्टीलाई एक,एक वटा वडा भागबण्डामा सहमति भएको बताईएको छ ।
जसअनुसार कमल १ र २ मा कांग्रेस, कमल ३ र ७ मा माओवादी , वडा न. ५मा राप्रपा, जसपाले ६ र लिम्बूवानले वडा न. ४ मा अध्यक्ष पाउने सहमति गरिएको बुझिएको छ ।कमल ५ वडाअध्यक्षका लागि राप्रपाले खड्ग श्रेष्ठलाई उठाउने यसअघिनै निर्णय गरिसकेको छ । त्यस वडामा गएको स्थानीय तहको निर्वाचनमा राप्रपाले तेश्रो मत प्राप्त गरेको थियो ।

गठबन्धनको यो तालमेलले कमल गाउँपालिकाको साविक लखनपुर गाविसतर्फका हाल कमल- ५,६ र ७ मा कांग्रेसले वडाअध्यक्ष पाउन बन्चित हुनुपुगेको छ । त्यहाँ गठबन्धनबाट कांग्रेसका ६ जनाले वडा सदस्य पाउने बुझिएको छ ।


दमक १० बाट देबी प्रसाद दाहाल
दमक १० निवासी कांग्रेस झापाका पूर्व जिल्ला कोषाध्यक्ष देवीप्रसाद दाहाल आसन्न स्थानीय तहमा वडा अध्यक्ष पदका उमेदवार हुने पक्कापक्की भएको छ । आज वडा समितिको बैठकले दाहाललाई वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरि सिफारिस गरेको हो । उनी त्यस वडाका पूर्व वडाअध्यक्ष समेत हुन् । गएको स्थानीय तहको निर्वाचनमा हालका वडाअध्यक्ष एमालेका बोधराज न्यौपानेसंग थोरै मतान्तरले पराजित भएका थिए ।
यसैगरि, सो भेलाले महिला र दलित महिला उमेदवारका लागि योगमाया अधिकारी र देबी दर्नालको नाम सिफारिस गरेको छ । यसैगरि खुल्ला पुरुष सदस्य पदकालागि राजेन्द्र भण्डारी, भानुभक्त्त न्यौपाने, सुकपाल नेम्वाङ, डम्बरसिंह लिम्बू, छत्र मिश्र, नगेन्द्रमणि न्यौपाने लगायतदश जनाको नाम सिफारिस गरेको छ ।
दमक १ मा सभापति देवान
दमक १ कांग्रेस वडा भेलाले पार्टीका वडा सभापति गजु देवानलाई आसन्न निर्वाचनमा वडाअध्यक्षमा उठाउने एकल सर्वसम्मत निर्णय गरेको छ । अध्यक्षमा देवानको एकल नाममा सहमति जुटेको थियो ।

Leave a Reply

Your email address will not be published.