
दमक,२३ चैत । जग्गाधनी पूर्जा माग्दै झापा, दमक- ८ का सुकुमबासीहरुको एक समूहले आज वडा कार्यालय घेराउ गरेका छन् । सूकुम्बासीलाई जग्गा धनीपूर्जा दिन दबाब पुरयाँउन उद्देश्यले त्यहाँका सुकुम्बासीहरुले दिनभरि वडा कार्यालय घेराउ गरेका हुन् । भूमि आयोगले दिएको सूचनाको आधारमा आवश्यक कागजात भर्ने काम गरे पनि आयोगमा कागजात पुर्याउन चासो नदेखाएको भन्दै आफूले कार्यालयमा परामर्श गर्न आएको टोलीमा सहभागी बमरानी थाम्सुहाङ्गले बताईन् । थाम्सुहाङ्गका अनुसार वडा अध्यक्ष पशुपति गौतमले सुकुम्बासी समस्या समाधानमा चासो नदिएको र जनतालाई अल्माउने तिर लागेको आरोप लगाईन्।
ठूलो संख्यामा भेला भएका जग्गा सम्बन्धी समस्या रहेका वडाबासीले तत्काल आफूहरुलाई धनीपूर्जा उपलव्ध गराउने व्यवस्था मिलाउन आग्रह गरिएको टोलीमा सहभागी अगुवा महिलाहरुले बताएका छन् ।
दुई दिन अघि मात्रै गौरादह -४ भूमि आयोग झापाले धनीपूर्जा वितरण गर्न थालेपछि दमक क्षेत्रका जग्गा सम्बन्धी समस्या रहेकाहरुले समेत चासो दिदै वडा कार्यालयको ध्यानाकर्षण गरिएको स्थानीय राजन राईले बताएका छन् । वडा कार्यालयले आयोगले जारी गरेको सूचनामा समेत सहभागितामा ढिलासुस्ती गरेका र बर्तमान सरकारले धनीपूर्जा दिन थालेको कार्यलाई प्रतिपक्षमा रहेका स्थानीय सरकारले समेत विपक्षी दलको सरकारलाई फाइदा हुने भन्दै भूमिसम्बन्धीको समस्या समाधानमा चासो नदिएकाले त्यसमा दबाब पुरयाँउन कार्यालय घेराउ गर्न बाँध्य हुनुपरेको उनले जिकीर गरे । सुकुम्बासीको तीव्र घेराउसहितको प्रर्दशनका कारण आक्रोसित समूहबाट हुलदुङ्गा हुन सक्ने भन्दै दिनभरि प्रहरीले त्यहाँ कडा सुरक्षा प्रदान गरेको थियो ।