पत्रकार खनाललाई पितृशोक

दमक,४ चैत । पत्रकार रेवत खनाललाई पितृ शोक परेको छ । नागरिक अनलाइन टिभीमा कार्यरत नेपाल प्रेस युनियनमा आवद्ध तथा यस अनलाइनका सहयोगी पत्रकार खनालका पिता झापा , कमल गाउँपालिका ६ जिम्दार चौक निवासी ९६ बर्षिय बिष्णुकान्त खनालको २९ फागुनमा निधन भएको हो ।

पुख्यौली घर पाँचथरकोे फिदिम भएका खनाल परिवार २०२२ सालमा तराई झरेका हुन्। सो परिवार पछिल्लो समय कमल ६ मा बसाईसराई गरिआएका थिए । स्वर्गीय खनालकी श्रीमती र पत्रकार खनालसहित ६ जना छोरा छन् ।
यसैवीच, यत्रकार खनालका पिता बिष्णुकान्तको निधन प्रति नेपल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले शोक वक्तत्व निकालेर समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published.