रेडक्रसद्धारा विद्यार्थीहरुका लागि अभिमुखीकरण

दमक, २५ फागुन । हात्तीपाईले रोग निवारण राष्ट्रिय अभियानलाई सफल बनाउन झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले बुधबार विद्यार्थीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कमल ६ स्थित वडा कार्यालयमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा लखनपुर क्षेत्रका विभिन्न विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । वडाध्यक्ष नरेन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लखनपुर स्वास्थ्य चौकीका प्रमुख डम्बर श्रेष्ठले हात्तीपाईले रोग र त्यस विरुद्ध सञ्चालित अभियानका बारेमा सहजीकरण गरेका रेडक्रस उपशाखा सचिव पारषमणि राईले बताए ।
यसैगरि,भोलि विहिबार सोहि कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा पनि त्यस क्षेत्रका विद्यार्थीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने सभापति चन्द्र शाहले बताए ।

Leave a Reply

Your email address will not be published.