
दमक,२३ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नामाकरणको विषयमा दिनुभएको विचार प्रति राष्ट्रिय एकता पार्टी नेपालले आपत्ति जनाएको छ ।
शनिवार झापाको बिर्तामोडमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रदेश नं १को नाम ‘कोशी ’राख्न दिएको बिचार प्रति ध्यानाकर्षण भएको भन्दै उक्त पार्टीले विज्ञप्ति निकालेर बिरोध जनाएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष प्रेमदीप थाम्सुहाङद्धारा हस्ताक्षरित बिज्ञप्तिमा पूर्व प्रधानमन्त्री ओलीको अभिव्यक्तिले यो क्षेत्रमा भएको पहिचान,स्वायत्तता,स्वशासन र लिम्बुवान,किरात,खम्बुवान आन्दोलनको मर्म र शहिदहरुको त्याग, नेपाल सरकारसंग गरिएको ५बुंदे सहमति,सम्झौता र बलिदानको बिरुद्ध भएको उल्लेख छ । पार्टीले १ नम्बर प्रदेशको नाम “लिम्बुवान –किरात–सगरमाथा ” नाम राख्न सुझाब दिएको उल्लेख छ ।
बिज्ञप्तिमा सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गर्न समेत माग गरिएको उल्लेखछ ।