
पथरीशनिश्चरे, २२ फागुन । प्रदेश नं १ वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाले कलेजबाट नलेज र स्कूलबाट स्किल लिएर मात्रै जीवनोपयोगी शिक्षा ग्रहण गर्न सकिने बताएका छन् ।
३९ औं नेपाल जुनियर यूवा रेडक्रस सर्कलको समापन समारोहमा प्रमुख अतिथि समेत रहेका मन्त्री थापाले अबको शिक्षा जीवनोपयोगी, सेवामूलक र व्यवहारिक हुनु पर्ने औंल्याएका थिए ।
,रेडक्रस सोसाइटी नेपाल मोरङ्ग जिल्ला शाखाको आयोजना र पथरी बहुमुखी क्याम्पसको आतिथ्यतामा ३९ औं नेपाल जुनियर यूवा रेडक्रस सर्कलको दुई दिने गोष्ठीको समापन समारोहमा विशिष्ट अतिथि पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख यमुना विष्ट वास्तोलाले दुर्व्यसन, महिला तथा किशोरीमाथि हूने घटना न्यूनीकरण तथा मानवीय सेवा प्रदान गर्न जुनियर यूवा रेडक्रस सर्कलहरू सक्षम रहने विश्वास लिएको बताइन्। उनले रेडक्रस सर्कलहरू समाजमा निश्वार्थ भावना लिएर विपत्ति तथा आकस्मिक मानवीय सेवाको लागि तत्पर रहन समेत आग्रह गरिन् ।
पथरी बहुमुखी क्याम्पसका प्राचार्य चेतन पौडेलदको अध्यक्षतामा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाको शिक्षा शाखा प्रमुख शालिक राम काफ्ले , जुनियर रेडक्रस सोसाइटीका प्रदेश नं १ का महामन्त्री ऋषिकेश कोइराला , जिल्ला रेडक्रस शाखाका सभापति सुवोध कुमार सिंह , मोरङ्ग शाखाका उपाध्यक्षद्वय मन्दीरा गुरागाई तथा रामानन्द यादव , नेपाल जुनियर यूवा सर्कल मोरङ्ग जिल्ला संयोजक शिवराज कोइराला , पथरी बहुमुखी क्याम्पस स्ववियू सभापति गिरीश साम्वा, लगायतको उपस्थिति रहेको थियो।