
शिवसताक्षी,२१ फागुन । नेकपा (माओवादी केन्द्र ) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगर पूर्नगठन गरिएको छ ।
दुधे स्रोतकेन्द्र सभा हलमा संगठनको हालै सम्पन्न दोश्रो नगरपरिषद भेलाले अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा नगर कमिटी पूनर्गठन गरिएको हो ।
पूर्नगठित कमिटीको उपाध्यक्षमा उर्मिला दाहाल ,उपाध्यक्षद्धयमा दधि गणेश, खगेन्द्र घिमिरे, सचिवमा योगेन्द्र अधिकारी, सहसचिवमा पूर्ण सिङ राजवंशी ,अर्थ सचिवमा तारा देवी बास्तोला चयन भएका छन् । यस्तै,सदस्यहरुमा ज्ञानेन्द्र चापागाईं , युबराज आङ्देम्बे, दलबहादुर न्यौपाने, मोहन लिम्बू, राधादेवी गौतम, चिन्तामणी दुलाल, गणेश चौलागाईं खगेन्द्र लम्जेल कालू मर्डि, खुब बहादुर राई रहेका छन् ।
भेलामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराईले विद्यालयलाई नमूना बनाउन जोड दिदै आबश्यक जनशक्ति र संरचना निर्माणमा लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।संगठन १ नम्बर प्रदेश उपाध्यक्ष लोकनाथ गजुरेलको प्रमुख आतिथ्य मा भएको कार्यक्रममा माओवादी केन्द्र १ नम्बर प्रदेश सल्लाहकार सदस्य टेकनाथ शिवाकोटी ,एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष कपिल तिमिल्सना ,माओवादी केन्द्रका नगर सचिव सन्जय राई , एकिकृत अखिल नेपाल शिक्षक संगठन का जिल्ला सदस्यहरु राम प्रसाद मण्डल, लक्ष्मण मर्डी, गणेश चौलागाईं , खगेन्द्र लम्जे लगायतको उपस्थिति रहेको थियो ।