
दमक,२१ फागुन । नेपाल -भारत मैत्री संघ उपशाखा दमकको नयाँ नेतृत्व चयन भएको छ । आज विहान संघको सम्पन्न बार्षिक साधारणसभाले मुकुन्द उप्रेतीलाई सभापतिमा चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश अग्रवाल, सचिवमा भगवान बस्नेत, सहसचिवमा सन्जिब बराल र कोषाध्यक्ष रुद्र गौतम चुनिएका छन् । यस्तै सदस्यहरुमा रमेश अधिकारी,गोपाल गुरागाई, चन्द्र खत्री ,बिमल शर्मा,घनश्याम खनाल,मुकेश अग्रवाल र ज्योति प्रसाईं चुनिएका छन् । संघका निवर्तमान अध्यक्ष राजेन्द्र अग्रवाल (राजु ) को अध्यक्षतामा भएको बार्षिक साधारणसभामा संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गरिएको थियो ।