जेम्सलाई यसपटक पनि ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’

दमक ,१५ माघ । यसपटक पनि दमक -९ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स )ले ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्कुल अवार्ड ( आइएसए ) जितेको छ ।
विश्वव्यापीकरणको यो वर्तमान समयमा शैक्षिक पुर्नजागरणबाट विद्यार्थीको सिकाइलाई जीवनोपयोगी बनाउदै विद्यार्थीको समग्र व्यक्तित्व विकास गराई उनीहरुमा लुकेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई विद्यार्थीको सर्वाङ्गीण बिकास गर्न उद्देश्यले सञ्चालित कार्यक्रममार्फत यसपटक पनि उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ । जेम्सले सन २०१७ देखि उक्त अवार्ड पाउदैआएको छ । सन २०२१ देखि २०२३ सम्मका लागि केहिदिन अघि मात्र पुनः अवार्ड जित्न सफल भएको हो ।
यो अवार्डका लागि तोकिएका विभिन्न विधामा विद्यालयले परियोजनात्मक कार्यहरुको कार्यसम्पादनका आधारमा ब्रिटिस काउन्सिल नेपालले नेपाल सरकार शिक्षा बिभाग ,पाठ्यक्रम बिकास केन्द्र ,मानव संसाधन केन्द्रको भर्चुअल उपस्थितिमा दोस्रो पटकका लागि उक्त कार्यक्रमको फुल अवार्ड जेम्सलाई प्रदान गरेको प्रिन्सीपल सागर श्रेष्ठले बताए ।
तीन वर्षे अवधि रहने उक्त अवार्डका लागि जेम्ससहित झापाका चार विद्यालय छनौट भएका छन् । प्रयोगात्मक र व्यवहारिक शिक्षालाई कार्यान्वयन गर्न अवार्डको जोड दिदै र त्यसै अनुरुप विद्यालय लगातार अवार्ड प्राप्त गरेको प्रिन्सीपल श्रेष्ठले बताए ।
उनका अनुसार ब्रिटिस काउन्सिलको सहकार्यमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यालयले विगतदेखि नै विद्यार्थी केन्द्रित तथा समयसापेक्ष प्रगोगात्मक शिक्षामा जोड दिँदै शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाई रहेको छ ।
मूलत शैक्षिक कृयाकलापलाई प्रयोगात्मक माध्यममार्फत कथाको माध्यमबाट अङ्ग्रेजी भाषाको सिकाइ ,स्वस्थ्य जीवनका लागि स्वस्थकर खाना,भविष्यका लागि दिगो ऊर्जा,धिमाल जाति विशेष संस्कृति अन्तरघोलन कार्यक्रम ,नमुना निर्वाचन ,विद्यार्थी केन्द्रित महिनावारी सचेतना कार्यक्रम ,नयाँ भाषा तथा संस्कृतिको सिकाइ (फिलिपिनो भाषा ) र महिला सशक्तीकरण जस्ता परियोजना कार्यहरु सम्पन्न गरेको थियो ।
प्रिन्सीपल श्रेष्ठले बिद्यालयको शैक्षिक अभियानलाई प्रभावकारी बनाउनका लागि तथा ब्रिटिस काउन्सिलद्वारा संचालित उक्त शैक्षिक अभियानका लागि सेन्ट म्यारिज प्राइमरी स्कुल युके,एजम्सन ग्रामर स्कुल युके,सेकेन्डरी नम्बर ११७ रोमानिया, जिजिएचेएस पाकिस्तान लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रोफेसनल पार्टनर्सहरुसँग मिलेर काम गरिरहेको छ ।
उक्त अवार्ड बिजेता स्कुलका लागि विभिन्न समयमा विद्यालयको विविध गतिविधिलाई नजिकबाट नियाल्दै भईरहेको प्रगति अनुगमन गर्नका लागि सहयोगी संस्था तथा साझेदार संस्थाका तर्फबाट एक अर्को बिद्यालयमा भ्रमण गर्ने तथा शिक्षण सिकाइ क्रियाकलापकाबारे प्रत्यक्ष अध्ययन अवलोकन गर्ने अवसर प्रदान गरिन्छ । यही सिलसिलामा विद्यालयको तर्फबाट केही समय अगाडि विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले युकेका विभिन्न विद्यालयको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए ।
यसबाहेक विद्यालयले विद्यार्थीको क्षमता अभिबृद्धिका लागि अतिरिक्त कृयाकलापमार्फत स्थानीय तहका मेयर,उपमेयर , वडाध्यक्ष तथा विभिन्न सामाजिक व्यक्तित्वहरुसँग अन्तरकृया गरि उनीहरुको काम कर्तब्य तथा कार्य क्षेत्रको बारेमा बहस तथा छलफल गरि आएका छन् ।
यस्तै उक्त विद्यालयले विद्यार्थीहरूलाई विभिन्न क्लब , बाल संस्थाहरु, स्काउट ,रेडक्रस तथा इन्टरएक्ट जस्ता विद्यालय स्तरका संस्थामा मात्र संलग्न नगराएर आफ्ना विद्यालयका कक्षा ८देखि कक्षा १२ सम्मका १८ छात्र तथा १८ छात्रालाई करिव ३ महिने राष्ट्रिय सेवा दल तालिममा सहभागी गराई उनीहरूमा देशभक्ति भाव,अनुशासन र कर्तव्य बोध गराउने सुवर्ण अवसर पनि प्रदान गरेको प्रिन्सीपल श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.