हिउँसंग श्रृङगारिएका ती थुम्काहरु, गुँरासका डाँडाहरु…..

आकस्मिक तय भएको यात्राले मलाई जुरुक्कै उठायो लगभग बिहानीको ४:३० भएको थियो बाहिर हुस्से नलागे पनि चिसो सदा भन्दा निकै बढेको थियो । हाम्रो यात्रा झापा, मोरङ, सुनसरी, धनकुटा हुँदै तेह्रथुम, संखुवासभासम्मको थियो । केही पुराना साथै नयाँ भाइबहिनीहरुको साथमा थिए यात्राको शुरुवात सोचे भन्दा अलि ढिलो हुन गयो मेरा लागि यात्रा कठिन र चुनौतीपूर्ण थियो नै । मूलतः त्यो यात्राको उद्देश्य हिउ खेल्ने थियो जुन मेरा लागि विपरीत पक्ष थियो । म चिसो देखि सधै टाढा र विपरीत धारमा उभिने मान्छे तर यो पटक मलाई हिँउका ह्रासहरुसँग प्रित गास्न बाध्य बनायो जुन कुरा मेरो परिकल्पना भन्दा बाहिरको थियो ।
झरनाले सागरलाई भेट्न आतुर भएझै हिउँलाई चुम्न आतुर थिए ती मनहरु, जुन मैले भाइबहिनीहरुको अनुहारमा प्रष्टै पढ्न सक्थे । गन्तव्य थियो लिम्बूवानको उर्वर भूमि संखुवासभा स्थित गुफा पोखरी सम्म गुफा पोखरीले कहिल्यै छुट्न नसक्ने गरी प्रिती गोसेको तेह्रथुम पारी मुस्कुराई रहेको ताप्लेजुङ्ग मैले अरुभन्दा बिस्तारै गुडाइरहेको थिए मेरो थोत्रो भटभटे यो नै मेरो पहिलो गुफा पोखरीको यात्रा थियो । मैले सोच्दै थिए हिँउ वास्तवमै कस्तो हुन्छ होला कति चिसो हुँदो हो, मलाई त झनै गाह्रो बनाउँछ होला ।

साँच्चै प्रकृति कति सुन्दर मनोरम हुँदोरहेछ यो २१ औं शताब्दीका मान्छेहरुको कोलाहालपूर्ण पट्यार लाग्दा आवाजहरु मिथ्या वर्णनहरु भन्दा प्रकृति कति शान्त र मौन छ । उ भित्र हजारौ गुणयुक्त सुन्दरताले भरिए पनि कहिल्यै आफ्नो वर्णन आफै गर्न जानेन वसः अनेकौ चोटहरु सहेर पनि स्मिथ मुस्कानमा मलाई मन्त्रमुग्ध बनाईरहेको थियो, त्यति बेला हामी गुफा पोखरी क्षेत्र पुग्यौ बाटोको छेउमा सानो पोखरी थियो ।

……………………………………………………………………………………………………………………………….
मैले झट्ट सम्झे आमाले भन्नु भएको कुरा हिउ खेल्ने वित्तिकै आगो ताप्नु हुँदैन है हातखुट्टा चुडिएर झर्ला नि मलाई डर लाग्यो बिर्सीएर आगो तापि हाले भने त १ भेडेटार हुँदै तमोर काटेर धनकुटाका घुमाउरा बाटाहरु उक्लिदै थियौं घामले त्यो दिनलाई विदा माग्न खोज्दै थियो हामी हतारमा थियौ । किरातीहरुको पहिचान हिलेको तोङ्बालाई देब्रेपटिबाट मोड्दै हामी सिधुवा पुग्यौ र केही साथीहरु अघि बढि सकेकोले गर्दा म लगायत केही भाइबहिनीहरुले त्यहाँ चियाको चुस्की लियौ र पुःन गन्तव्यतिर हुइकीयौं बसन्तपुरमा लालीगुँरासको प्रतिमाले हामीलाई मुस्कुराएर स्वागत गर्दै थियो, साँझ पर्न लागेको थियो हामीले कालोपत्रे सडकलाई छोडेर कच्ची बाटोतर्फ भटभटेलाई मोड्यौ तिनजुरेका ठूला ठूला लालीगुँरासको बोटहरुले स्वागत गरिरहेको थियो । मैले राम्ररी हेरे केही चिल्ला भिराला चौरहरु ठूला ठूला ढुङ्गाका भित्ताहरु सोचेको थिइन मैले गुँरासका पनि त्यति ठूला रुखहरु हुन्छन् भनेर त्यसै भनिएका होइन रहेछन् तिनजुरेलाई लालीगुँरासको राजधानी भनेर साच्चै कति ठूलो जङ्गल गुँरासहरुको जहाँ ३२ जाति मध्ये २८ जातीको गुँरासहरु पाइदो रहेछ । तिनजुरेको लालीगुँरासको सुन्दर पाटाहरुलाई मोड्दै हामीले छोड्नै लाग्दा बाटोमा हिँउका धब्बाहरु देख्न थाल्यौ जतिबेला अध्याँरो भइसकेको थियो हुँदाहुँदै बाटो एकदमै चिप्लो हुन थाल्यो जहाँ हिऊ जमेर सिसा जस्तै बनेको थियो केही साथीहरु त्यहिबाट फर्किदै थियो रात प¥यो के गर्ने अब मलाई छोडि सकेको थियो साथिहरुले रात झमक्कै परेर अन्धकार थियो म आफ्नो गन्तव्यतिर लम्के परपर हेर्दा लाग्यो ती बत्तीहरुको झिलिमिली होईन आकाशबाट धर्तीमा ओर्लिएका ताराहरु जस्तो चमचमाइरहेको थियो । हामीलाई निकै सकस भयो बाटो कठिन थियो नै मैले निकै पल्ट भटभटे लडाए चिसोले स्टार्ट हुनु सकिरहेको थिएन जोखीम मोलिरहेको थियौ यस्तो चुनौतिपूर्ण यात्रा मेरो लागि एउटा अवसर बनिरहेको थियो । हामीले बल्लबल्ल त्यो हिँउको बाटो पार गरेर अघि बढ्यौ गाउँहरु कतै कतै मात्र भेटिन्थ्यो निकै माथि पुगेर रोके पछि फर्केर हेर जुन पूर्ण गोलाकार हुन लागेको थिएछ, हिउँका ह्रासहरु टलक्क टल्कीदा मनै लोभ्याउने गरि सुन्दर युवती मुस्कुराइ रहेको जस्तो लाग्यो यात्रा निरन्तर जारी नै थियो लगभग हामी ८:३० बजेतिर मंंगलबारे पुग्यौ र त्यही बस्ने बन्दोबस्त ग¥यौ रात निकै चिसो थियो । मौसमले दिएको चुनौतीलाई प्रतिस्पर्धा गर्दै सागर जी र मैले चै खुकुरी रम खोल्यौ र पिउदै गीत गाउन थाल्यौ “जता हेरे पनि हजुर पूर्वे रमाइलो ।” सबैले साथ दिइरहेको थियो प्रिय बहिनी सुमिले साथै अरुले पनि हामी बास बसेको ठाउँ लगभग २६३६ मिटरको उचाइमा थियो मध्यरात तिर चिसोले निकै सतायो मलाई डर पनि लाग्यो ती सबै चिसो रातहरुलाई पार गर्दै बिहानीको झुल्के घामलाई चुम्बन गर्न पाइयो घाम उदाएर पारिपट्टि देखीने सुन्दर हिमाल खुसि भएर मुस्कुराइ रहेको थियो ।
त्यसपछि हामीले गुफा पोखरीको यात्रा तय गर्नै लाग्दा मेरो भटभटेमा समस्या देखा पर्यो, त्यसपछि म सागर जी सँग बसे र हामी गन्तव्य तर्फ हुँइकियौं, म त्यतिबेला मस्तिष्क भन्दा पनि हृदयले संवाद गरिरहेको थिए ति ठूलाठूला पहाडहरु फराकिला भिराला मैदानहरु तल तल देखीने चौरी गोठहरु ठूलाठूला गुँरासका बोटहरु अनि त्यहाँ भित्र मौन भएर बसेका ती हिउका केही अवशेषहरु म कल्पना गर्दै थिए ती सबै एक आपसमा ठोक्कीएर निस्किएका गुन्जयमान संगीतहरुको मिठो सुरीलो धुन मेरो हृदयले महशुस गरिरहेको थियो ।

साँच्चै प्रकृति कति सुन्दर मनोरम हुँदोरहेछ यो २१ औं शताब्दीका मान्छेहरुको कोलाहालपूर्ण पट्यार लाग्दा आवाजहरु मिथ्या वर्णनहरु भन्दा प्रकृति कति शान्त र मौन छ । उ भित्र हजारौ गुणयुक्त सुन्दरताले भरिए पनि कहिल्यै आफ्नो वर्णन आफै गर्न जानेन वसः अनेकौ चोटहरु सहेर पनि स्मिथ मुस्कानमा मलाई मन्त्रमुग्ध बनाईरहेको थियो, त्यति बेला हामी गुफा पोखरी क्षेत्र पुग्यौ बाटोको छेउमा सानो पोखरी थियो ।

त्यस माथि कसैले सिसा विछ्याइ दिएर परबाट ढुङ्गाले प्याट्ट हाने जस्तै गरी चिरा–चिरा परेको थियो डाँडा, थुम्काहरुलाई हिँउले झपक्कै ढाकेको थियो बेहुलीलाई घुम्टोले छोपे झै आहा कति लजाएकी बेहुली झै प्रकृतिले श्रृङगारिएकी ती थुम्काहरु, गुँरासका डाँडाहरु हामी त्यही रोकिएर हिँउसँग खेल्न थाल्यौ, वर्षौ देखिका कुण्ठित भावनाहरु पोख्न थाल्यौ एक आपसमा मनहरु साटासाट गर्न थाल्यौ, हामी सबै हिँउका भँुवाहरुले हानाहान गर्न थाल्यौ मलाई लाग्दै थियो त्यतिबेला ती मोती झै दानाहरुले हामीलाई संसार भुलाएर ऊ भित्रै हराइदिएको थियो, मनभित्रका सबै सबै पिडाहरु भुलाइ दिएको थियो, ती हिँउका ह्रासहरु माथि हामी एउटा अबोध बालक झै मनपरी गरिरहेका थियौ घरी सुत्दै, लड्दै, हिँउका ढिस्काहरु भत्काउँदै आफै आफै भित्र हराउँदै आफू अनुकुल बनाउँदै थियौ त्यो समय म सबैको मनभित्र पसेर हृदयलाई अध्येता भएर पढिरहेको थिएँ, यो प्रकृतिको उपहार पनि कति विचित्रको हुँदो रहेछ है आफै भित्र प्रश्न चिन्ह खडा गर्दै थिए । त्यति बेलासम्म हामी सबैको हिँउले भिजेर कपडाहरु चिसो भइसकेको थियो ।
हिऊका ढिस्काहरु कोट्याउदा मेरा हातमा लगाएको कपडाको पञ्जा च्यातिसकेको थियो निकै समय हामीले हिऊका मोती झै दानाहरुलाई तहसनहस पारिसके पछि सामुहिक तस्वीर लिदै फेरी समय मिलाएर भेट्ने बाचाका साथ एउटा प्रेमीले प्रेमीकाले छाडेर हिडे झै मनलाई भारी बनाएर विदा माग्यौ म धेरै वर आएर ढुङ्गा माथि बसेर छाडेका ठाउँलाई पछि फर्केर हेरे ती हिउका सेता सुन्दर तहमाथि एउटी सुन्दर युवतीले विदाइका हात हल्लाएर फेरी आउने निम्तो दिइरहेको जस्तो लाग्यो एक्कासी टाउको दुःखेर शरीर चिसो भएको महशुस गरे भोकले पनि शरिरलाई निकै सताइरहेको थियो त्यसपछि हामी गुफापोखरी तर्फ बढ्यौ केही समयमा हामी गुफा पोखरी पुगी याक होटलमा खाना खान पस्यौ बाहिर हिउका भुँवाहरु खस्न थाल्यो चिसो बढ्यो मौसमले चुनौती दिए झै लाग्यो र मैले सागर जी लाई सोधे “हामी १० को पिउँ” उसले सहमती जनायो र हामीले स्थानीय ब्राण्डलाई प्रोत्साहन गर्दै १० को थपिउ र केही हरफ कविताको माध्यमबाट शेर्पेनिको बैशालु छोरीलाई व्यन्जनाको माध्यमबाट झिस्कायौ ।
खाना तयार भयो जिवनमै पहिलो पटक चौरीको सिकुटी खाने अवसर सागर जी प्रियभाई आशिस र मलाई झण्डै गोरुको जस्तै हुदोरहेछ मैले भने सबैले सहमती जनायो, त्यसपछि हामी पुनः फर्केर आफ्नो थलो फर्कीयौ फेरी आउने बाचाका साथ मलाई मनभित्र अल्झि रह्यो भुसुक्कै बिर्सीएछ, मैले सोध्न बिर्सिएछु गुफापोखरी नाम कसरी रहन पुग्यो होला त्यो बाँकी नै रह्यो अर्को पल्ट अन्वेशक भएर आउँला फेरी चौरीको सिकुटी र शेर्पेनीको रातो गालाले पनि हृदयमा ठाउँ बसाइसकेकै थियो । आखिर …….

Leave a Reply

Your email address will not be published.