
झापा,११ माघ । पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ३०४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
संक्रमित थपिएसंगै हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।