क्यान्सर पीडित महिलालाई दिपेन्द्रको आर्थिक सहयोग

पथरीशनिश्चरे,१८ पुस । पथरीशनिश्चरे वडा नं १० जिरिखिम्तीमा घर भइ हाल अमेरिका रहँदै आएका दिपेन्द्र दाहालले आफ्नो जन्मदिनको अवसरमा एक क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
लामो समयदेखि क्यान्सर रोगबाट पिडित सोहि वडाकी रुपा राईलाई १५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका हुन् ।
चिउँडो क्यान्सर पीडित राई झण्डै ३ वर्षदेखि उपचारको अभावमा छिन् । क्यान्सर अस्पताल काठमाडौँमा करिव ४ लाख खर्च गरी उपचारपछि घर फर्किएकी रुपाको आर्थिक अवस्था कमजोर भएको कारण थप उपचारको अभावले तडपीरहेकी छिन् ।
यहाँ नेपाल रहँदा सामाजिक कार्यमा सधैँ अग्रसर रहने दाहाल नगरकै पुरानो सँस्था कञ्चनजंघा दैवि प्रकोप ब्यवस्थापन समितीका पूर्व अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको पूर्व सचिव, मोरङ सुनसरी सेवा समाजका पूर्व सचिव हुँदैै हाल एनआरएन अमेरिका (ओहायो )का बोर्ड मेम्बर समेत रहेका छन् ।सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दिपेन्द्र विगतदेखि नै सबैका लागि सहयोगी भावना प्रकट गर्दै आएका छन् । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य समेत रहेका दाहाल विगत २ वर्षदेखि अमेरिका रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.