एमाले अध्यक्ष ओलीद्धारा गोल्डेनगेट प्रवेशद्धारको उद्घाटन(फोटोफिचर सहित )

दमक,११ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा न ६ मा निर्मित गोल्डेन गेट प्रवेशद्धारको आज यहाँ उद्घाटन गरेका छन् ।
वडा कार्यालयको रु १५ लाख र स्थानीय जनसहभागिता गरि कुल रु २१ लाख रुपैयाको लागतमा निर्मित प्रवेशद्धारको उनले एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरे ।
प्रवेशद्धार उद्घाटनमा सहभागि हुने क्रममा उहाँले सर्वसाधारणहरुसंग केहि समय भलाकुसारी समेत गरेका थिए । त्यहाँ औपचारिक रुपमा सम्बोधनको कार्यक्रम नभएपनि उहाँले यस प्रवेशद्धारले दमकको पहिचान थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।.

प्रवेशद्धार निर्माण गर्न स्थानीय नन्दीकेशर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले छ महिना लगाएर पूर्वकै आर्कषक प्रवेशद्धार निर्माण गरिएको संयोजक अधिकारीले बताए ।
यसैगरि ओलीले आजनै सरकारी दमक अस्पतालको निरीक्षण गरेका छन् । त्यस अस्पतालमा संघीय सरकारको लगानीमा अस्पताल स्तरन्नतिका लागि निर्माणाधिन भवनको काम र अस्पतालको सेवाको बारेमा जानकारी लिएको अस्पतालकी अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् ।

Leave a Reply

Your email address will not be published.