
दमक,१० पुुष । नेपाली कांग्रेस प्रदेश नम्बरका सभापति उद्धव थापाले नेपाली कांग्रेस महाधिवेसन सम्पन्न गरेर अब हुन लागिरहेका तिनै तहका निर्वाचनको तयारीमा लागेको बताएका छन् ।
कांग्रेस झापा क्षेत्र नम्बर ५(क)ले आज मोरङ्गको उर्लाबारीस्थित मंगलबारे सिमसारमा आयोजना गरेको बनभोज कार्यक्रमका प्रमुख अतिथि रहेका थापाले अधिवेशनमा बिभिन्न बिचार समूह रहे पनि अब त्यो सबै सकिएको बताउदै अब सबै एक भएर पार्टी संगठन निर्माणसहित आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । महाधिवेशनको क्रममा भएका तिक्तताहरुलाई त्यागेर निर्वाचनमा सफलता प्राप्त गर्ने दिशामा अघि बढ्नुको बिकल्प नभएको उनको भनाई थियो ।
कांग्रेस प्रदेश क्षेत्रका सभापति जीवन राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईंले अब नेपाली कांग्रेस एक ढिक्का भएको बताए । निर्वाचनका सन्दर्भमा भएको बिभिन्न बिचार समूहहरु अब पार्टी भित्र नरहेको भन्दै उनले बिचार समूहहरुका नाममा हुने गुुट भेलालाई कार्यकर्ताले स्थान दिन नहुने स्पष्ट पारे । आन्तरिक निर्वाचनका सन्दर्भमा टिम र बिचार समूह बनाईएको भए पनि अब नेपाली कांग्रेस मात्रै रहेको र निर्वाचितहरु सबै कांग्रेस कार्यकर्ताको नेता भएको हुमागाईंले जोड दिए । बनभोज कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।