
दमक,१० पुस । नेपाल यातायात मजदुर संघमा आवद्ध नेपाल ई–रिक्सा तथा अटो चालक संघ कमल गाउँपालिकाको अध्यक्षमा पुनः सन्जय कुमार सुनुवार चुनिएका छन् । कमल- ५ स्थित सगुन युवा क्लवको भवनमा आज सम्पन्न चौधो अधिबेशनको बन्दसत्रले पुनः सुनुवारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा तुलाराम पराजुली,उपाध्यक्षमा राधाकृष्ण तिवारी,सचिवमा बुद्धराज दर्नाल,सहसचिवमा रत्नप्रसाद गौतम र कोषाध्यक्षमा युवराज घिमीरे चुनिएका छन् । यसैगरि सदस्यहरुमा सिताराम राजवंशी,शंकर श्रेष्ठ,चुडामणी भट्टराई, गोपाल ताजपुरिया ,कमल प्रसाद ताजपुरिया,लक्ष्मीप्रसाद गुरुङ,महेन्द्र राजवंशी,नारायण तामाङ र लाल बहादुर धिमाल चुनिएका छन् । त्यस्तै, संघका अग्रजहरु लंक बहादुर खड्का,राजेन्द्र गुरागाई र पन्चितलाल राजवंशी रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको थियो ।
अधिबेशन नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष गान्धि प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो भने उद्घाटनमा यातायात मजदुर क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।